सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो « Arthapath.com
६ माघ २०७८, बिहीबार

सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो



काठमाडौं । सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी ÷ आपुर्तीकर्ताहरुलाई ३ बर्षसम्मका लागि कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बन्धित सबै सार्वजनिक निकायहरुलाई जानकारीको गराइएको छ ।

कर्णाली प्रदेशको सल्यानस्थित पूर्वाधार विकास कार्यायको सिफारिसमा काठमाडौंको महाराजगञ्जस्थित आरोग्य कन्स्ट्रक्शन प्रालिलाई तीन वर्षका लागि र दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा काठमाडौंकै हाँडीगाउँस्थित डाइग्नोकेस जय शम्भु जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो ।

तुलसीपुरस्थित बालन ब्रदर्स कन्स्ट्रक्शन एण्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्शन प्रालि, अनामनगरस्थित ग्रीन टेक प्रोजेक्ट प्रालि, बाँकेको सोनारीस्थित एसएनसी निर्माण सेवा प्रालि र लुम्बिनीको रुपन्देहीस्थित शाह निर्माण सेवा कम्पनीलाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्