३ अर्व लगानीमा बिराटनगरमा दुगडले अत्यधुनिक होटल खोल्ने « Arthapath.com
९ श्रावण २०७९, सोमबार

३ अर्व लगानीमा बिराटनगरमा दुगडले अत्यधुनिक होटल खोल्ने



काठमाडौं । रेडिएसन होटल ग्रुपले मोरङको बिराटनगरमा सेन्चुरी मल एण्ड होटल खोल्ने भएको छ ।

व्यावसायी मोतीलाल दुग्गडले करिव ३ अर्व लागतमा सेन्चुरी मल एण्ड होटल खोल्न लागेको बताएका छन् । सोमबार एक पत्रकार सम्मेलन गर्दै दुगडले अत्यधुनिक सुविधासम्पन्न होटल खोल्न लागेको जानकारी दिए ।

सपिङ सेन्टर, बैंक्यूट, मुभीहल, क्यासीनोसहितको सेवा होटमा हुनेछन् । चाँडैनै निर्माण सुरु हुने यस होटल १८ महिनामै संचालनमा आउनेछ ।

भुटान, बंगलादेश, चिन र भारतकोलगायतका देशहरुबाट आउने पर्यटकहरुको सेवाको निम्ती होटल खुल्न लागेको दुगडले बताए । नेपालको अर्थतन्त्र धरापमा भएको बेलमा यो चुनौती भएको मोतिलाल दुग्गड बताउँछन् ।

उक्त कार्यक्रममा उप्पल मजुमदार, जुबेन सक्सेना, मोतीरान दुगडले मन्तब्य दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्