थानकोट–चित्लाङ सडक खण्ड २८ दिन बन्द हुने « Arthapath.com
२४ जेष्ठ २०८१, बिहीबार

थानकोट–चित्लाङ सडक खण्ड २८ दिन बन्द हुने



काठमाडौं । थानकोट–चित्लाङ सडक खण्ड २८ दिन बन्द हुने भएको छ । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ खण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको हो ।

चन्द्रागिरी नगरपालिकाका अनुसार सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको छ । सो सडक खण्डमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको हो ।

आजदेखि सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागेको छ ।


प्रतिक्रिया दिनुहोस्