अर्थमन्त्री किन जंगिए बिमा कम्पनीसंग ? « Arthapath.com
२४ कार्तिक २०७६, आईतवार

अर्थमन्त्री किन जंगिए बिमा कम्पनीसंग ?



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिमाको सेवामा सर्वसुलभता ल्याउन जोड दिएका छन । इन्स्योरेन्स गर्नुहुन्छ क्लेम दिने बेलामा दशथरी कुरा नर्गन खतीवडालै विमा क्षेत्रका सरोकारवालाहरुलाई आग्रह गरे । क्लेम पाइन्छ भनेर बिमा गर्ने हो, तपाईहरु क्लेममै झुलाएर बजार भड्काइरहनुभएको क्लेम सेटलमेन्ट राम्रो गर्नुस ।
बिहिबार होटल सोल्टीमा नेपाल पुर्नबिमा कम्पनीको छैठौं वार्षिक उत्सवको अवसरमा अर्थमन्त्रीले बिमा र बैंक एउटै ग्रुपले चलाउन नहुने बताए । उनले बैंकको बोर्डमा बस्ने मेरो कम्पनीबाट बिमा गर्दिनोस भन्ने नगर्नुहोस । बिमा बैंक एउटै ग्रुपको हुँदा स्वार्थ बाँझिने गरेको बताए ।
अर्थमन्त्रीले छिट्टै बिमा ऐन पास हुने क्रममा रहेको बताउँदै यस क्षेत्रका धेरै विकृति हटेर जाने बताए । उनले सर्भिसमा भिआईपि भन्ने क्लेम माग्न गयो नदिने नगर्न कम्पनीहरुलाई आग्रह गरे । अव प्राधिकरण भएपछि धेरै समस्या हट्ने उनले बताए ।
मन्त्री खतिवडाले बिमा कम्पनीहरु मर्जरमा जान हतार गर्न नहुने पनि बताए । हामी अस्तीसम्म लाइसेन्स बाढ्ने तत्कालै मर्जमा जाउ भन्नु त्यति उचित नहुने मन्त्री खतिवडाले बताए । उनले अव ५ वर्ष बिमाको लाइसन्स नदिनेगरी बजार विस्तारमा लाग्न आग्रह गरे । दिगो निती बनाएर अघि बढ्न नियामकलाई आग्रह गरे । कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले निर्जिवन बिमाको १८ प्रतिसत ग्रोथ रहेको जिवनको ३६ प्रतिसत पुगेको बताए ।


प्रतिक्रिया दिनुहोस्