नेपाल रि–इन्स्योरेन्सको सिईओमा पौडेल, भण्डारी र रायमाझीको दौडधुप « Arthapath.com
१८ मंसिर २०७६, बुधबार

नेपाल रि–इन्स्योरेन्सको सिईओमा पौडेल, भण्डारी र रायमाझीको दौडधुप



काठमाडौं । नेपाल रि–इन्स्योरेन्स कम्पनी लिको सिईओ छनौटको लागी आगामी आइतबार अन्र्तवार्ता हुने भएको छ । सिईओ छनौट समितिले शुक्रबार ६ जना प्रतिस्प्रधिबाट ४ जनालाई प्रश्तुतिकरणको लागी समय निर्धारण गरेर बोलाएको छ ।
नेपाल रिको सिईओ बन्न अहिले मुख्यतय ३ जनाको दौडधेप चलेको छ । अर्थमन्त्री युवराज खतिवडाको सचिवालयमा समेत काम गरेका अशोक कुमार पौडेललाई खतिवडाले सिईओ बनाउन चाहेका छन । खतिवडाले राष्ट्र बैंकको फष्टक्लासबाट रिटार्यर भएका पौडेललाई अर्थमन्त्रालयलको वर्ड बैंकको प्रोजेक्टमा काम दिएका छन । तर अन्य उम्मेद्वारहरुले प्रधानमन्त्रीको सल्लाहाकारहरुलार्य भेटेर आवश्यक लविङ गरिसकेकाले खतिवडालाई त्यति सहज छैन ।
खतिवडाले राष्ट्र बैंकमा हुँदा पनि आफ्ना सहयोगी बनाएका पौडेल खतिवडाका विश्वासपात्र हुन । तर नेकपाका महासचिव र प्रधानमन्त्री कार्यालय भने निवर्तमान सिईओ चिरायू भण्डारी वा शंकरकुमार रायमाझीलाई बनाउने पक्षमा देखिएका छन ।
भण्डारी नेपाल रिका संस्थापक हुन भने उनलेनै कम्पनीलाई फुलफेजमा संचालनमा ल्याएका हुन । मन्त्री खतिवडा भने भण्डारीलाई यसअघिका काङ्ग्रेस सरकारका अर्थमन्त्री डा रामशरण महतले नियुक्ती गरेकाले उनलाई दोहो¥याउन चाहेका छैनन् । तर बिमा बुझेका र नेपाल रिलाई माथि लानसक्ने भण्डारीमात्रै देखिएका छन ।
उता राष्ट्रिय बाणिज्य बैंकका पुर्व डिजिएम रहेका रायमाझी नेपाल बैंकको सिईओमा ३ जनाभित्र परेका व्यक्ति हुन । उनलाई सिईओ बनाउन प्रधानमन्त्री कार्यलयको दवाव खतिवडासामु छ । उता कृषि विकास बैंकका पुर्व डिजिएम रहेका शेषरमण आचार्य पनि दौडधुपमा लागेका छन । आचार्य र रायमाझी दुबै काभ्रेका हुन । दुबैले संचारमन्त्री गोकुल बास्कोटामार्फत प्रधानमन्त्रीको सचिवालयमा लविङ गरिरहेका छन । आगामी आइतबार चारै जनाको प्रश्तुतिकरण प्रश्चात मन्त्री खतिवडाले मन्त्रीपरिषद बैंठकबाट नेपाल रिको सिईओ नियुक्ती गर्नेछन ।


प्रतिक्रिया दिनुहोस्