बिमा कम्पनीमा आईएमई र विशाल/त्रिवेणी ग्रुपको वस्चर्स्व « Arthapath.com
१२ माघ २०७६, आईतवार

बिमा कम्पनीमा आईएमई र विशाल/त्रिवेणी ग्रुपको वस्चर्स्व



काठमाडौं । पछिल्लो समय बिमा बजारमा ३ व्यापारीक घरानाको कव्जामा छ भन्दा फरक पर्दैन । अहिले बिमा बजारमा आईएमई समुहको प्रभाव बढ्दो छ । यसअघिनै विशाल ग्रुप र त्रिवेणी ग्रुपको प्रभाव रहदै आएको थियो ।
दुई वर्षअघि १३ वटा नयाँ बीमा कम्पनीहरूलाई लाइसन्ेस दिइएसगँै बीमा क्षेत्रमा सिण्डिकटे सुरु भएको छ । यसले नेपालको बीमा व्यवसाय सीमित समूहको घेरामा कैद बनेको छ । नेपालमा सञ्चालनमा रहेको ४० बीमा कम्पनीहरूमध्ये ३८ वटा कम्पनी निजी क्षेत्रको प्रवद्र्धनमा छन् । यी कम्पनीहरू सीमित व्यक्तिले चलाइरहेका छन् ।
बीमा व्यवसायको यसअघि विशाल÷त्रिवेणी समूहको नियन्त्रण रहेकोमा पछिल्लोपटक आईएमई समूहको प्रभाव धेरै देखिएको छ । पछिल्लो पटक लाइसन्ेस पाएका बीमा कम्पनीमध्ये ४ वटा कम्पनीमा आइएमई समूहको लगानी रहेको छ भने पुराना ३ वटा कम्पनीको उसको लगानी देखिन्छ । त्यस्तै, विशाल÷त्रिवेणी समूहको लगानीमा यसअघि नै चारवटा कम्पनी सञ्चालनमा रहे पनि पुनः २ वटा कम्पनी उसैको प्रवद्र्धनमा खुलेको छ । यसले नेपालको बीमा ब्यवसाय दुईवटा समूहको नियन्त्रणमा रहेको देखिन्छ ।
विशाल र आईएमई दुवै गु्रपले पहिलेदेखि बिमा कम्पनी सञ्चालनमा रहेका त छँदै थिए । पछिल्लोपटक खुलेका बीमा कम्पनीहरूमा पनि उनीहरूकै लगानी धेरै देखिन्छ । विशाल गपु्रले पहिले देखि नै बीमा कम्पनीमा लगानी गर्दैआएकाले पुराना बीमा कम्पनी उसको होल्डमा छन् ।
आईएमई ग्रुपको पुराना बीमा कम्पनीमा कम र नयाँ खुलेका बीमा कम्पनीमा बढी लगानी छ । आईएमई ग्रुुपले खारेजीको अवस्थामा पुगेको एनबी इन्स्योरेन्स खरिद गर्न पुग्यो । जुन कम्पनीको नाम परिवर्तन गरेर आईएमई जनरल इन्स्योरेन्स नाम राख्यो । अहिले उक्त कम्पनीमार्फत निर्जीवन बीमा गराइरहेको छ । आइएमई गु्रपको यसभन्दा अघि पनि पुरानो इन्स्योरेन्स कम्पनी नेपाल इस्योरेन्समा रहेको नेपाल बैंकको सेयर किनेको थियो भने त्यसअघि सूर्या लाइफ इन्स्योरेन्समा लगानी गरेर बहुमत पुर्याउने प्रयास गरेको थियो । उक्त गपु्रको पछिल्लापेटक खलुको आइर्एमई लाइफ र रिलायबल इन्स्योरेन्समा पनि मुख्य लगानी छ ।
यसबाहेक अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्समा पनि सो समूहका कम्पनीहरूको लगानी देखिन्छ । आईएमई गु्रपले नयाँ–नयाँ क्षेत्रमा लगानी बिस्तार गर्दै गएको छ । एउटै समूहका बिभिन्न कम्पनीहरूले बिभिन्न बीमा कम्पनीमा लगानी गरेको देखिए पनि खासमा त्यो एकीकृतरुपमा समूहकै लगानी हो । जसले बीमा व्यवसायभित्र क्रसहोङिडको प्रभाव देखाउँछ ।
विशाल ग्रुपले पहिलेदेखि नै बीमा क्षेत्रमा प्रभाव जमाइरहेको थियो । सो ग्रुपको निर्जीवन बीमा कम्पनीतर्फ नेपाल इन्स्यारेन्ेस र पुडेन्सियल इन्स्योरेन्समा ठूलो लगानी छ । त्यसैगरी जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ र लाइफ इस्योरेन्स कर्पोरेसनमा विशाल ग्रुप मुख्य लगानीकर्ता हो । नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनले कुल जीवन बीमाको ६० प्रतिशत बजार हिस्सा ओगटेका छन् । ती दुई कम्पनी बजार हिस्सा अन्य १७ जीवन बीमा कम्पनीकोभन्दा बढी छ ।
एलआईसी इण्डियाको प्रवद्र्धन रहेको एलआईसी नेपालको नेपाली साझेदार नै विशाल समूह हो । सो समूहले यसअघि नै निर्जीवन बीमा कम्पनी प्रुेडेन्सियल इन्स्योरेन्स चलाइरहेको थियो । अहिले पुनः ज्योति लाइफ इन्स्योरेन्स सोही समूहले ल्याएको छ । यसबाहेक सूर्या लाइफ र नेपाल इन्स्योरेन्समा पनि उसको मुख्य लगानी छ । नेपालमा बीमा व्यवसायको भविष्य देखेर नै यी दुई समूह आक्रामक रुपमा लगानी थपिरहेका छन् । उनीहरूले सेयर बजारमा समेत प्रभाव बनाउँदै उतारचढावमा ठूलो प्रतिफल लिँदै आइरहेका छन् ।
अहिले १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । आधाभन्दा बढी मार्केट हिस्सा आगेटको दुई ठुला बीमा कम्पनी नपोल लाइफ र लाइफ इन्स्यारेन्ेस कपार्रेसेनको साँचो विशाल ग्रुपसँग छ । पछिल्लो समय आक्रामकरुपमा बजारमा प्रवेश गरेको आईएमई ग्रुपले पनि विशाल ग्रुपलाई पच्छाई रहेको छ ।
एउटा कम्पनीमा १५ प्रतिशत लगानी भएका कम्पनीले एउटै प्रकृतिका अर्को कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ । यस्तो व्यवस्थाले पनि विशाल ग्रुप र आईएमई गु्रपलाई अप्ठ्यारोमा पारेको छ । तर, बीमा समिति यी दुई समूहका बिरुद्ध कारबाहीमा जाने हिम्मत भने गर्न सक्दैन । किनकी राजनीतिक र आर्थिकरुपमा बलियो रहेका यी दुई समूहसँग नियामकलाई प्रभाव पार्ने शक्ति छ । ती दुई ग्रुपको मात्रै होइन, अन्य धेरै बीमा कम्पनीहरूमा पनि एउटै गु्रपको लगानी रहेको छ । एउटै प्रकृतिका कम्पनीमा एउटै संस्था वा व्यक्तिको लगानी हुँदा सुशासन तथा आर्थिक अनियमितता हुने भन्दै समितिले लगानीको सीमा तोकेको छ । एउटै प्रकृतिका धेरै बीमा कम्पनीहरूमा एउटै व्यक्ति वा समूहको लगानी हुँदा सेयर बजारमा पनि चलखेल हुने भएकाले बीमा समितिले नयाँ नीति ल्याएको हो । बीमा समितिले एउटै डुंगामा दुई खुट्टा राख्न प्रतिबन्ध लगाउने तयारी थाले पनि त्यसलाई सफल बनाउन प्रस्तावित ऐनमै कडाइर्कासाथ व्यवस्था गनपर्ने देखिन्छ ।

सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्