‘प्रभु इन्स्योरेन्सका सिईओ भन्छन्, मोटर बिमाको पुलले अस्वस्थ्य प्रतिस्प्रर्धा हट्छ « Arthapath.com
२१ माघ २०७६, मंगलवार

‘प्रभु इन्स्योरेन्सका सिईओ भन्छन्, मोटर बिमाको पुलले अस्वस्थ्य प्रतिस्प्रर्धा हट्छ



अहिले मोटर बिमाको तेस्रो पक्ष बिमाको लागी पुल बनेको छ । अव देशभरका ३२ ओटै यातायात कार्यालयमा सबै बिमा कम्पनीका एजेन्ट तथा कार्यालय रहने छैनन् । अव सबै यातायात कार्यालयमा चापका हिसावले १ देखी ४ ओटा कम्पनीले मात्रै मोटर बिमा गर्ने छन् । सबै निर्जिवन बिमा कम्पनीहरुको छाता संगठन बिमक संघले पुलमा जाने निर्णय गरेपछि बजारमा मोटा बिमा गर्दा एजेन्टलाई दिनुपर्ने कमिसन बापतको करिव ४० करोड कम्पनीकै खातामा जम्मा हुने भएको छ । पुलमा जानुपर्नाको कारणबारे प्रभु इन्स्योरेन्सका सिईओ सञ्चीत बज्र्राचार्यलाई सोधेका थियौं ।

यो सबै पुलमा जानुपर्ने कारण के छ ?
तेस्रो पक्ष विमा चाँही अनिवार्य थियो, तेस्रोपक्ष बिमालाई अलि सिस्टमाईज वा व्यवस्थीत गर्नुपर्ने भएकाले पुल बनेको हो ।

यसले गर्दा कम्पनीलाई के फाइदा हुन्छ ?
यसबाट बेफाईदा भन्ने हुँदै हुँदैन् । सबै मिलेर गएपछि ब्यापार व्यवसाय पहिलेको भन्दा व्यवस्थित हुने भयो । तपाईलाई स्पष्ट रुपमा भन्नुपर्दा अस्वस्थ्य प्रतिस्प्रर्धा भइरहेको थियो । अव त्यसलाई यसले पुर्ण रुपमा रोक्छ भन्ने एउटा विश्वास हो ।

के छ अव कम्पनीहरु एक्लाएक्लै जाँदा बढि विजनेश गर्छु भन्ने थियो होला अव त्यो सम्भावना कतिको रह्यो ?
होईन यस्तो छ, ईन्डीभीजीयोल जाँदा कसैले बढि गरेको थियो होला कसैले गर्दै नगरेको पनि होला । अव त्यस्तो रहेन् यसले सबैलाई समेट्ने भयो यहि नै मुख्य उद्धेश्य हो ।

तर विजनेश बढि गर्ने कम्पनीलाई त घाटा पर्यो होला नी ?
होईन यस्तो हो यसमा कस्तो हो भने घाटा नाफा भन्दा पनि सबैले विमाको सेवा चाँही पाउनु पर्यो । यसले गर्दा विमामा मान्छेहरुको पहुँच पनि बढी हुन्छ । सबैलाई समेट्न सकिन्छ ।

एक बर्ष अघि बैदेशिक रोजगार विमाले बनाएको पुल भत्काउनको लागि विभिन्न कम्पनीहरु लागि रहेका छन्, तपाईहरुको पनि त्यस्तै हुन्छ की ?
जीवन विमासंग सम्वन्धीत विषय मलाई थाहा भएन । तर हाम्रो चाँही त्यस्तो हुँदैन् । हामी सबै कुराको होमवर्क गरेर व्यवस्थीत तरिकाले नै बनाईएको छ । त्यसैले गर्दा ननलाईफको फुल सहिलै भत्किदैन ।

अन्डर टेवुलबबाट कमीशन जान्थ्यो, यसले कम्पनीहरुलाई के फाईदा हुन्छ ?
विमा सम्वन्धमा यो कसरी भयो भने विमाका वारेमा जनमानसले नवुझेरै अण्डर टेवल कमिसन गएको हो । त्यसले गर्दा विमा गर्ने भन्दा पनि गराउनेमा चाँहि बढि भूमिका रह्यो । म विमा गर्छु भनेर आउने भन्दा पनि विमा गर्न फोर्स गर्नुपर्ने अवस्था सृजना भएकाले यो अवस्था आएको हो । त्यसको लागि पनि पुल बन्नु जरुरी थियो । अव त तेस्रोपक्ष विमा जुन कम्पनीसंग गरेपनि सबैको भागमा आउने भयो । अव अस्वस्थ्य प्रतिस्पर्धा हुने भएन् ।

नेपालमा बिमा कम्पनीको क्यापिटलको साईज ठुलो छ, विजनेशकोे हिसाव हेर्ने हो भने ननलाईफ इन्स्योरेन्सर कम्पनीहरु त टिक्नै सक्दैन पनि भनिन्छ नी ?
क्यापिटलको साईज बढेर इन्स्योरेन्स कम्पनीहरु टिक्नै नसक्ने भन्ने होईन् । क्यापीटलले त कम्पनीहरुलाई स्ट्रङ बनाउने हो । जति धेरै कम्पनीहरु छन्, त्यति धेरै प्रतिस्पर्धा हुन्छ र त्यति नै धेरै जनताले सेवा पनि सहज रुपमा प्राप्त गर्दछ भन्ने लाग्छ ।

ननलाईफ कम्पनीहरु धेरै भयो पनि भनिन्छ, अहिले त कम्पनीहरुले पैसा एफडिकै भर पर्नुपरेको छ भनिन्छ र व्यापार पनि भएन भन्छन्, खास के हो ?
होइन, अव विजनेश नै नभएर एफडीमा राख्ने पैसा कहाँबाट हुन्छ ? व्यापार व्यवसाय बढेको छ । त्यो तथ्याङ्कले पनि देखाउछ । फेरि एउटा कुरा के हो भने पहिला धेरै जसो एफडीमा मात्रै लगानी सिमित थियो । केहि समय अगाडी बिमा समितिले लगानी निर्देशिका नै ल्याएको छ । हामीले अरु क्षेत्रमा पनि लगानी गर्न पाउछौँ । त्यसले कम्पनीहरुलाई फाईदा भएकै छ ।

निर्देशिका आयो तर कुनै पनि कम्पनीको खासै लगानी विविधीकरण गरेर लगानी तिर गएको छैनन् नि ?
होईन जादै होलान नी, जान त पायो नी ।

प्रभु इन्स्योरेन्सले पनि त्यस्तो कुनै सोच बनाएको छ ?
हो हामीले पनि सोच बनाईरहेका छौँ । पब्लीक लिमिटेड कम्पनीहरुमा लगानी गर्ने काम त पहिले देखी नै गरिहेका छौँ । त्यो हामीले मात्र नभएर सबैले पनि गरिरहेका नै छन् । अरु क्षेत्रमा पनि हाम्रो सोच रहेको छ । अव दिर्घकालीन लगानीको लागी प्लान बनाउँदै छौं । यसको लागी केही समय लागेको मात्र हो ।

भनेपछि प्रतिस्पर्धा बढि छ है, कम्पनीहरुविच ?
त्यो त पक्कैपनि हुने नै भयो । प्रतिस्पर्धा बढ्नु भनेको स्वभाविक हो । र स्वस्थ प्रतिस्पर्धा हुँदा ग्राहक बर्गलाई फाईदा पुग्छ ।

अहिले भएको चाँहि अस्वस्थ प्रतिस्पर्धा हो ?
यो विशेष गरि थर्ड पार्टिमा अस्वस्थ्य प्रतिस्र्पधा देखिएको हो । अव यसको कन्ट्रोल हुन्छ । अव बाँकी रहेका समस्या पहिचान गरि समाधान गर्ने हो ।


प्रतिक्रिया दिनुहोस्