गुराँस लाइफलले पायो सय प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

गुराँस लाइफलले पायो सय प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँको दरले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने छ ।

कम्पनीमा अहिले चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । १ सय प्रतिशत हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ नाघ्ने छ ।


प्रतिक्रिया दिनुहोस्