रिलायन्स लाइफको आइपिओ बाँडफाँड, ५ लाख ६७ हजारले सेयर पाए, नतिजा मेरो सेयरबाट थाहा पाइने « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

रिलायन्स लाइफको आइपिओ बाँडफाँड, ५ लाख ६७ हजारले सेयर पाए, नतिजा मेरो सेयरबाट थाहा पाइने



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको विक्री प्रवन्धक सानिमा क्यापिटलले शुक्रबार दिउसो सेयर बाँडफाँड भएको हो । गत साता विहिबारदेखी कम्पनीले सर्वसाधारणको लागी आइपिओ खुला गरेको थियो ।

रिलायन्स फाइफको आईपीओमा ४.०४ गुणा वढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविनरमण पराजुलीले बताए । रिलायन्सको सेयरमा २० हजार ५०९ जनाको हात खाली भएको छ । आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले सेयरको लागी आवेदन दिएका थिए ।

फारम भरेकामध्ये १ हजार ९ सय ५५ वटा फरम रद्द भएका थिए भने ५ लाख ८७ हजार ५०९ जना सेयर पाउन योग्य भएका थिए । रिलायन्सले ६३ करोडको १ सय अंकित दरका ६३ लाख कित्ता सेयरमध्ये ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणको लागी निष्काशन गरेको थियो । आबेदकलाई न्युनतम १० कित्ताका दरले दिँदा ५ लाख ६७ हजार जनाले मात्रै सेयर पाएका छन ।


प्रतिक्रिया दिनुहोस्