सूर्या लाइफको खुद नाफा सवा १० करोड, बीमा कोषमा ८ अर्ब ७ करोडमाथि , अन्य सूचक कस्तो ? « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

सूर्या लाइफको खुद नाफा सवा १० करोड, बीमा कोषमा ८ अर्ब ७ करोडमाथि , अन्य सूचक कस्तो ?



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १० करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २ करोड २८ लाख १७ हजार रुपैयाँले बढी हो।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिमा १७ करोड ५९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड २४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीले कुल २ हजार ७३ दाबीबापत १८ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेको छ । १६४ दाबी बापतको २ करोड १६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

त्यस्तै कम्पनीको यस अवधिमा भुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ, जगेडा कोषमा ७६ करोड १ लाख रुपैयाँ संचिती रहेको छ । कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ७ करोड ४६ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ११ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै असोज मसान्तसम्ममा कम्पनीले बीमालेख धितोबापत ९५ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबापत कम्पनीले २ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८६ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्