युनियन लाइफको खुद बीमा शुल्क १ अर्ब ४९, नाफा ५६ प्रतिशत घट्यो « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

युनियन लाइफको खुद बीमा शुल्क १ अर्ब ४९, नाफा ५६ प्रतिशत घट्यो



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोे त्रैमासमा खुद बीमा शुल्क १ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले ७७ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको यस वधिको तुलनामा कम्पनीले यस बर्ष ९१ प्रतिशतले बढि बिमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै कम्पनीका यस बर्षको त्रैमासमा खुद नाफा भने गिरावट आएको छ । कम्पनीले यस बर्षको त्रैमासमा २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छ भने गात बर्षको यस अवधिमा ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको भन्दा यस बर्ष कम्पनीको खुद नाफा ५६ प्रतिशत घटेको छ ।

यस अवधिमा कम्पनीले ४ हजार ३ सय ५३ बिमा दाबी वापत १३ लाख ९९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ७३ करोड २५ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ५ अर्ब १२ अर्ब रुपैयाँ संचित रहेको छ ।

कम्पनीले लगानी कर्जा तथा अन्यबाट आय १० करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ भने बीमालेख धितोकर्जा आयबाट २ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्