सानिमा लाइफको नाफा ७७ प्रतिशत बढ्यो, बिमा शुल्क १५५ प्रतिशत बढ्यो « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

सानिमा लाइफको नाफा ७७ प्रतिशत बढ्यो, बिमा शुल्क १५५ प्रतिशत बढ्यो



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोे त्रैमासमा खुद नाफा ३ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत बर्षको यस अवधिमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले गत बर्षको यस अवधिको तुलनामा यस बर्ष ७७ प्रतिशत बढि नाफा आर्जन गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमा शुल्क आर्जन ३४ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा यस बर्ष १५५ प्रतिशतले बढी बिमा शुल्क आर्जन गरेको हो ।

यस अधिमा कम्पनीले ४२ वटा बीमा दाबी वापत १ करोड २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष १५ करोड ३६ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा १ अर्ब १८ अर्ब रुपैयाँ संचित रहेको छ । त्यस्तै, कम्पनीले लगानी कर्जा तथा अन्यबाट आय २३ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्