बीमा समितिले जारी गर्‍यो दुर्घटना बीमाको नयाँ निर्देशन, के–के छन् नयाँ व्यवस्था ? « Arthapath.com
२९ कार्तिक २०७८, सोमबार

बीमा समितिले जारी गर्‍यो दुर्घटना बीमाको नयाँ निर्देशन, के–के छन् नयाँ व्यवस्था ?



काठमाडौँ । बीमा समितिले दुर्घटना बीमामा नयाँ निर्देशन जारी गरेको छ । समितिले कम्पनीमा बीमा शुल्क २ रुपैयाँ हुनुपर्ने गरी नयाँ निर्देशन जारी गरेको हो । बीमाको अवधि पनि १ महिनादेखि १ वर्षसम्मको हुने निर्देशनमा जनाएको छ । 

समितिले सोमबार दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । दुर्घटना बीमा गर्दा बिमितले न्यूनतम प्रतिहजार दुई रुपैयाँका दरले बीमा शुल्क तिर्नुपर्ने रेट निर्धारण गरिदिएको छ । सामूहिक रूपमा गरिने दुर्घटना बीमा पोलिसिको हकमा २५ जनासम्मको लागि न्यूनतम दुई रुपैयाँ, २६ देखि एक सय जनाको हकमा १.७५ रुपैयाँ, एक सय भन्दा धेरैको हकमा १.५० रुपैयाँ तोकिदिएको हो । 

दुर्घटना बीमाको पोलिसिको अवधि १ वर्ष भन्दा कमको मात्रै हुने समितिले जनाएको छ । १ वर्ष अवधि पुगेपछि बीमाको अवधि स्वतः सकिने र फेरी रिन्यू गर्नुपर्ने समितिले जनाएको छ । त्यस्तै एक बीमालेखको एक सय रुपैयाँभन्दा कम बीमा शुल्क लिन नपाउने उल्लेख छ । त्यस्तै बीमा लेखमा औषधोपचारको रकम भने छुट्टा–छुट्टै खुलाउनुपर्ने निर्देशन गरेको छ । 

https://fra1.digitaloceanspaces.com/appharuspace/arthapath/uploads/2021/11/Accident-Insurance-Directive-2078.pdf


प्रतिक्रिया दिनुहोस्