प्रिमियर इन्स्योरेन्सको सेयरमुल्य समायोजन « Arthapath.com
५ माघ २०७८, बुधबार

प्रिमियर इन्स्योरेन्सको सेयरमुल्य समायोजन



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०६१.७१ रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरी उक्त मूल्य निर्धारण गरेको हो । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १२१३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । सोही अन्तिम मूल्यमा बोनस समायोजन गरी मूल्य तोकिएको हो ।

कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोजसँगै नेप्सेले कम्पनीको सेयरमूल्यमा बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो । अब बुधबार समायोजित सेयरमूल्यलाई आधार मानेर सेयर कारोबार सुचारु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्