कोरोनाका कारण एशियन लाइफको साधारण सभा स्थान परिवर्तन « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

कोरोनाका कारण एशियन लाइफको साधारण सभा स्थान परिवर्तन



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा स्थान परिवर्तन भएको छ । कोरोनाको तेस्रो लहरबाट सृजित परिस्थितिको कारण कम्पनीले साधारण सभा आयोजना हुने स्थान परिवर्तन गरेको हो ।

कम्पनीको एशियन लाइफ भवन मैतीदेवी काठमाडौंमा माघ २१ गते साधारण सभा बोलाएको छ । कम्पनीले भर्चुअल माध्यमबाट प्रधान कार्यलयबाटै साधारण सभा बोलाएको हो । यसअघि कम्पनीले होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगंजमा १३ औँ वार्षिक साधारण सभा बोलाएको थियो ।

कम्पनीको साधारण सभाले २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश गरी कूल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ ।

सभाले इन्स्योरेन्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबात स्वीकृती लिने तथा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनार्थ माघ १२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्