महालक्ष्मी लाईफको सहायक कम्पनी ल्याउने, सभाले गर्यो विस्तृत कार्ययोजना सहमति « Artha Path
२७ माघ २०७८, बिहीबार

महालक्ष्मी लाईफको सहायक कम्पनी ल्याउने, सभाले गर्यो विस्तृत कार्ययोजना सहमति



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ ।

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

सभाले अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गर्‍यो । स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परिक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख पचास हजारको खर्च समेत सभाले अनुमोदन गरेको छ ।

सभामा महालक्ष्मी लाईफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ । कार्यक्रमको अन्त्यमा संचालक शुरेस सापकोटाले धन्यवाद ज्ञापन गर्नु भए पछि सभा समापन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्