प्राइम लाइफको नाफा १० प्रतिशत घटेसँगै ईपीएस पनि घट्यो « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

प्राइम लाइफको नाफा १० प्रतिशत घटेसँगै ईपीएस पनि घट्यो



काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १० प्रतिशत १७ करोड ४२ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.५५ प्रतिशत बढेर २ अर्ब ३२ करोड २ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८० लाख ५६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १२.९७ प्रतिशत बढेर ५६ करोड ४ लाख ५३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ६१ लाख १२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको अभिकर्ता कमिशन गत आर्थिक वर्ष २३ करोड २ लाख रुपैयाँ दिएकोमा चालु आवको यस अवधिमा २२ करोड ५५ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको हालसम्म कुल बीमा शुल्क आर्जन २४ अर्ब ८३ करोड ५८ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले हालसम्मको कुल बीमा शुल्क आर्जन २० अर्ब ४७ करोड ८७ लाख ८१ हजार रुपैयाँ रहेको थियो । कम्पनीको कुल दाबी भुक्तानी ५४ करोड २२ लाख ५ हजार रुपैयाँ बाट बढेर ६० करोड ३२ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १५ प्रतिशत बढेर २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ, जगेडा कोष २०.३३ प्रतिशत घटेर ४९ करोड १७ लाख ६६ हजार रुपैयाँ, जीवन बीम कोष २६.८५ प्रतिशत बढेर १६ अर्ब ६१ करोड १९ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसा घटेर १२ रुपैयाँ ५४ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २ पैसा रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.२० गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्