बीमा संस्थानका अध्यक्षको गंगाराम कंडेलको राजीनामा स्वीकृत « Arthapath.com
६ फाल्गुन २०७८, शुक्रबार

बीमा संस्थानका अध्यक्षको गंगाराम कंडेलको राजीनामा स्वीकृत



काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानका सञ्चालक समितिको अध्यक्ष गंगाराम कंडेलको राजीनामा स्वीकृत गरेको छ । बिहीवारको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकी दिए ।

बीमा संस्थानको अध्यक्ष बन्नु अघि कँडेल लामो समयदेखि विद्यालय तथा कलेजहरूमा अध्यापन पेशमा सम्लग्न रहेका थिए । कँडेलले व्यवस्थानमा एमबीए, तथ्यांकशास्त्रमा स्नाकोत्तर तथा विदेशबाट एक्चुरियल स्टाटिटिक्समा स्नातक गरेका छन् ।

कँडेलले पौष महिनामा अर्थमन्त्रालयमा राजिनामा पत्र बुझाएका हुन् । कँडेललाई २०७६ कार्तिक २९ मा सरकारले राष्ट्रिय बीमा संस्थानको अध्यक्षमा नियुक्त गरेको थियो ।

त्यस्तै, सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाललाई नियुक्त गरेको छ । त्यस्तै, कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (२ अर्ब १४ करोड रुपैयाँ) थप ऋण सहायता स्वीकार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्