ज्योति लाईफको आईपीओ जारी भएको पहिलो बर्षमै १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित « Arthapath.com
६ फाल्गुन २०७८, शुक्रबार

ज्योति लाईफको आईपीओ जारी भएको पहिलो बर्षमै १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा फागुन ६ गते शुक्रबार सम्पन्न भएको छ ।

उक्त सभाले आ. व. २०७६/७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.०७६/७७ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र पेश गर्नुका साथै आ.व.०७६/७७ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभामा ज्योति लाईफले आफ्ना शेयरधनीहरुमा १० प्रतिशतले हुन आउने रु. बाईस करोड बराबरको बाईस लाख कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ र यसका साथै ज्योति लाईफको चुक्ता पुँजी रु. २ अर्ब ४२ करोड कायम भएको समाचार प्राप्त भएको छ ।

कम्पनीका सञ्चालकहरुमा संस्थापक शेयरधनी समूह-क तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र साधारण शेयरधनी समुह-ख तर्फ कौशल नौलखा र प्रिया तायल चयन हुनुभएको, साथै सञ्चालक समितिको अध्यक्षमा नन्द किशोर शर्मा मनोनित हुनुभएको तथ्य प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जनाएका छन् ।

साथै ६ आश्विन, २०७४ बाट विधिवत् रूपमा जीवन बीमा क्षेत्रमा सेवाहरु प्रदान गर्दै अघि बढ्ने क्रममा ज्योति लाईफले आजको दिन सम्म १२८ शाखारउपशाखा मार्फत सेवाग्राही हरुलाई सेवा पुर्याउदै आएको जानकारी समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्