सिटिजन लाइफको दावी भुक्तानी १११ प्रतिशत बढ्यो, जीवन बीमा कोष ४ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ०.०९ प्रतिशत बढेर ११ करोड २ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको ६ महिनामा खुद बीमा शुल्क ७६ प्रतिशत बढेर २ अर्ब ४२ करोड ७४ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ५३ लाख ४९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ११०.९९ प्रतिशत बढेर ५० करोड ३३ लाख ४३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८५ लाख ५९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीको अभिकर्ता कमिशन ५९.८५ प्रतिशत बढेर ४१ करोड ८६ लाख ६५ हजार रुपैयाँ वितरण गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २६ करोड १९ लाख १० हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।
पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ, जगेडा कोष १० प्रतिशत बढेर ८० करोड १४ लाख ६२ हजार रुपैयाँ, जीवन बीमा कोष १०३.७९ प्रतिशत बढेर ४ अर्ब ८८ करोड ७१ लाख ३२ हजार रुपैयाँ र मवहाविपत्ती कोष २९.११ प्रतिशत बढेर ८ करोड ८३ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको १९५ वटा भुक्तानी वापत २ करोड ७० लाख ४ हजार रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको छ ।
