ओरिएण्टल इन्स्योरेन्सको नाफा २९३४.८८ प्रतिशत बढ्यो

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा २९३४.८८ प्रतिशत बढेर २१ करोड ७१ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.३९ प्रतिशत बढेर ४४ करोड ३५ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ४० करोड १७ लाख ६९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३२.८३ प्रतिशत घटेर १६ करोड ६४ लाख ७६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले २४ करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
पौष मसान्तसम्ममा कम्पनीको जगेडा कोष ४७५ प्रतिशत बढेर २४ करोड ८४ लाख २४ हजार रुपैयाँ र बीमा कोष ३५.५२ प्रतिशत बढेर १ अर्ब ७ करोड ८२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
भुक्तानी गर्न बाँकी दाबी रकम भने ९७ करोड ३० लाख रुपैयाँ छ । गत वर्षको यहि अवधिमा १ अर्ब ५ करोड रुपैयाँ थियो । कम्पनीको हालको जारी बीमालेख संख्या भने १८ हजार ४०२ वटा छ ।