२१ प्रतिशत लाभांश मुख्य एजेन्डा सहित लाइफ इन्स्योरेन्स कर्पोरेशनको आज साधारण सभा « Arthapath.com
११ फाल्गुन २०७८, बुधबार

२१ प्रतिशत लाभांश मुख्य एजेन्डा सहित लाइफ इन्स्योरेन्स कर्पोरेशनको आज साधारण सभा



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको १९ औँ वार्षिक साधारणसभा आज हुदैँछ । सभा काठमाडौँको नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः१५ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गती माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।


प्रतिक्रिया दिनुहोस्