सूर्या लाइफ ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट ३ वटा बिधामा सम्मानित « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

सूर्या लाइफ ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट ३ वटा बिधामा सम्मानित



काठमाडौं । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले ३ वटा बिधा “बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी”, “बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि” र “आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रि अफ नेपाल” आवार्ड हासिल गर्न सफल भएको छ ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC , Indian Institute of Insurance लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो । BIMSTEC मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गर्नुभएका सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले उक्त अवार्डहरु ग्रहण गरेका थिए ।

नोभोटेल होटल, कलकत्ता, भारतमा एक भव्य समारोहकाबीच आयोजना गरिएको उक्त कार्यक्रममा पवन कुमार खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निभाईएका अहम भुमिका र कदमहरुका बारेमा बिस्तृत रुपमा प्रस्ट्याएका थिए । नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमा रहेको आवश्यक्ता र अवस्था बारेमा प्रस्ट पारेका थिए ।

साथै बीमालाई प्रविधिमैत्री बनाई बीमाको पहुँच देशका दुरदराजसम्म पुर्याउन र आमजनतालाई सेवाको सहज उपयोग गर्न प्रविधिले ठुलो भुमिका खेल्ने बताए ।


प्रतिक्रिया दिनुहोस्