एभरेष्ट इन्स्योरेन्सले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

एभरेष्ट इन्स्योरेन्सले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।

कम्पनीले बीमा ब्यवसाय अभिवृद्धि गर्न साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ आधारभूत निर्जीवन बीमा अधिकर्ताको नि शुल्क तालिम संचालन गर्ने लागेको हो । उक्त तालिममा सहभागि हुने इच्छुक ब्यक्तिले कम्पनीको केन्द्रिय कार्यालयमा जेठ २३ गतेसम्म सम्पर्क राख्न सक्नेछन् ।

उक्त तालिम जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बिहान ९.३० बजेदेखि साझँ ५.३० गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय हात्तिसारमा संचालन हुनेछ । तालिममा सहभागि हुन चाहने एसइई उत्तिर्ण नेपाली नागरिकले सम्पर्क गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्