मर्जर प्रक्रियामा रहेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच कुन बलियो ? « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

मर्जर प्रक्रियामा रहेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच कुन बलियो ?



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर हुने सम्झौता भएको छ । दुवै इन्स्योरेन्स कम्पनीबीच गत बैशाख २२ गते मर्जर गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बीमा समितिले दुवै इन्स्योरेन्स कम्पनीलाई गत बैशाख २३ गते मर्जर गर्न शैद्धान्तिक स्वीकृति दिईसकेको छ ।

बीमा समितिले शैद्धान्तिक स्वीकृति दिईसकेकाले साउन महिनाभित्र एकीकृत कारोबार गर्ने गरी मर्जर कमिटिले कामकारवाही गरिरहेको छ । कति स्वाप रेसियो, नाम के राख्ने, सीईओ र अध्यक्ष को बन्ने बारे छलफल भईरहेको स्रोतले बताएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठविच मर्जरको लागी एमओयु पत्रमा सम्झौता गरेका थिए ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रहेको छ । मर्जरपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्