राष्ट्रिय बीमा कम्पनीको २ बर्षको वित्तीय विवरण स्वीकृत, अषाढभित्र २ बर्षको स्वीकृत गर्ने दाबी « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

राष्ट्रिय बीमा कम्पनीको २ बर्षको वित्तीय विवरण स्वीकृत, अषाढभित्र २ बर्षको स्वीकृत गर्ने दाबी



काठमाडौं । नियामक निकाय बीमा समितिले बर्षाैदेखि रोकिएको राष्ट्रिय बीमा कम्पनीको वित्तीय विवरण धमाधम स्वीकृत गरेको छ । बीमा समितिले आर्थिक वर्ष २०७२–७३ सम्मको कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको जनाएको छ ।

बीमा समितिले २ आर्थिक वर्ष २०७१–७२ र २०७२–७३ को वित्तीय विवरण स्वीकृत गरेको जनाएको छ । धमाधम वित्तीय विवरण स्वीकृत भएपनि बाँकि रहेका वित्तीय विवरण स्वीकृतिका लागि समितिमा पठाउने तयारी कम्पनीले गरेको छ ।

हालसम्म आर्थिक वर्ष २०७२–७३ सम्मको वित्तीय विवरण स्वीकृत भएका छन् । अब बाँकी रहेका वित्तीय विवरण स्वीकृतिका लागि समितिमा पठाईने कम्पनीले जनाएको छ । हाल राष्ट्रिय बीमा कम्पनीको सीईओमा नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझा कार्यरत रहेका छन् । ओझा सीईओ बनेको २ महिनामा नै कम्पनीको २ आर्थिक बर्षको वित्तीय विवरण स्वीकृति भएको हो । ओझाले गत चैत १५ गतेदेखि कम्पनीको सीईओको कार्यभार सम्हालेका थिए । उनी सीईओ बन्नु अघि आर्थिक वर्ष २०७०–७१ सम्मको मात्रै लेखापरीक्षणको काम सम्पन्न भएको थियो ।

उनी सीईओ बनेपछि बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७१–७२ र आर्थिक वर्ष २०७२–७३ को वित्तीय प्रतिवेदन स्वीकृत गरेको हो । चालु आर्थिक बर्षभित्रै आर्थिक बर्ष २०७३–७४ र २०७४–७५ को वित्तीय विवरणहरु स्वीकृत गर्ने गरी काम भईरहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार बाँकी रहेका कामहरु अर्काे आर्थिक बर्षभित्र सम्पन्न गर्ने दावी छ ।

कम्पनीलाई वित्तीय विवरण सँगै चुक्ता पूँजी वृद्धि गर्नुपर्ने बाधयता पनि छ । बीमा समितिल निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएपछि कम्पनी झनै समस्यामा परेको हो । एकाति कम्पनीको वित्तीय विवरण पारित गर्नुपर्ने छ भने अर्काे तर्फ चुक्ता पूँजी वृद्धि गर्नुपर्ने बाध्यता छ । कम्पनीलाई वार्षिक साधारण सभा समेत गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ मात्रै रहेको छ ।


प्रतिक्रिया दिनुहोस्