हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि १, १ जोडेर २ होइन ११ बन्छौँ   « Arthapath.com
१ श्रावण २०७९, आईतवार

हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि १, १ जोडेर २ होइन ११ बन्छौँ  



दुई कम्पनीका कर्मचारीलाई कुनै भेदभाव र लिगासी रहँदैन । 

मर्जर पछि पनि बजारमा अस्वस्थ्य प्रतिस्पर्धा भयो भने कम्पनी धरापमा पर्छ ।

बीमा बजारमा राम्रो अनुभव भएका विजयबहादुर शाह हाल हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ छन् । मर्जरपछिको सञ्चालक समितिले आज साउन १ गतेदेखि लागु हुने गरी शाहलाई ४ वर्षको लागी सीईओ नियुक्त गरेको छ । गत फागुन १ गतेदेखि हिमालयन इन्स्योरेन्सको व्यवस्थापन सम्हालेका शाहको ५ महिनामै कम्पनीले व्यवसायमा ठुलो फड्को मार्न सफल भएको छ । इतिहासमा हिमालयन इन्स्योरेन्सले पहिलो पटक २ सय करोड व्यापार बढाउन सफल भएको छ । शाहकै नेतृत्वले सँगै खुलेको एभरेष्ट इन्स्योरेन्स मर्जर गरेर छोटो समयमै एकीकृत कारोबार गर्न सफल भएको छ । बीमा क्षेत्रमा एनएलजी इन्स्योरेन्समा २ कार्यकाल सीईओ, नेपाल इन्स्योरेन्समा १ कार्यकाल हुँदै हिमालयन इन्स्योरेन्सको नेतृत्व गरेका शाह बीमा विज्ञ पनि हुन् । नेपालमा पहिलोपल्ट बीमा समितिले ल्याएको मर्जर एन्ड एक्यूजिसन निर्देशनलाई पालना गर्ने यी दुई कम्पनी बनेका छन् । उनै शाहसँग शुक्रवार गरेको कुराकानीको सार संक्षेप ः– 

विजयबहादुर शाह, सीईओ हिमालयन एभरेष्ट इन्स्योरेन्स

ननलाइफ इन्स्योरेन्स कम्पनीलाई व्यापार गर्न गाह्रो भएका हो ? कम्पनीहरू धमाधम मर्जरमा जान थाले नि ? 

मर्जरमा जानुपर्ने कारण व्यापारै गर्न नसकेर होइन । मर्जरमा जानुपर्ने केही रणनीतिक कारणहरू पनि छ । अर्को बीमा समितिले पुँजीबृद्धिको अभियान चलायो । त्यसलाई पुरा गर्नको लागी पनि मर्जर भएको हो । त्यसैले आफूसँग लामो समय चल्न सक्ने  कम्पनीहरू मर्जरमा अघि बढेका छन् । 

हिमालयन र एभरेष्ट बिचमा के समानता थियो र यी कम्पनी गाभिए ? 

दुई कम्पनी करिब एकै समयमा खुलेका कम्पनी हुन् । एकै दिन कारोबार सुरु भएका कम्पनी हुन् । मर्जरमा यी दुई कम्पनीको बिजनेस साइज लगभग उस्तै खालको भएका कम्पनी हुन् । समान व्यापार हुँदा कुनै कम्पनी हतोत्सायी हुनुपर्दैन । व्यापारको साइजको हिसाबले, शाखा सञ्जालका हिसाबले समान लेबलका कम्पनी एभरेष्ट इन्स्योरेन्स गतिलो पार्टनर भेटियो । 

बीमा समितिले मर्जर प्लान ल्याएपछि पहिलो एकीकृत कारोबार गर्ने कम्पनी भन्यो, किन ?

बीमा समितिले साँढे २ गुणा पुँजी बढाएर २०८० चैत्र मसान्तभित्र पु¥याउनु भन्ने निर्देशन जारी ग¥यो । नियामक निकायको निर्देशन पालना गर्ने क्रममा हामीले पनि प्रक्रिया सुरु ग¥यौँ । अरू कम्पनीहरू एमओयू गरिरहेका छन् हाम्रो कम्पनीको एकीकृत कारोबार आज आइतबार लाई तोकिएको छ । पहिले मर्जर भएकोमा हामीलाई गर्व छ । हामीले मर्ज गरेपछि बीमा क्षेत्र पनि मर्ज हुनसक्छ भनेर अहिले लहर नै आयो । अर्को कारण पहिले नै मर्जरको पार्टनर चुज ग¥यो भने संभवत राम्रा राम्रा पार्टरविचमा मर्ज हुनसक्छ । पछि मर्जर गर्नेलाई बाध्यात्मक पार्टनर हुन्छ, त्यसले गाह्रो हुन्छ । 

कम्पनीमा तपाइले व्यवस्थापन सम्हालेको ५ महिनामै मर्जर र व्यापारमा बढोत्तरी आयो, तपाईँमा खास के जादुको छडी छ ?

मेरो सेवा नै निजी क्षेत्रबाट सुरु भयो । विगत ३५ वर्ष देखी कुनै न कुनै कार्य गरिनै रहेको छु । हामीचाँही व्यावसायिक व्यवस्थापक हौँ । म हिमालयन जनरल इन्स्योरेन्समा ज्वाइन गर्दा पेस गरेको व्यावसायिक योजनामा व्यवसायलाई उचाइमा पु¥याउने र कम्पनीलाई प्रविधिमैत्री बनाउने र कर्मचारीको मनोबल उच्च बनाउने थियो । हिजोको दिनमा सीमित ग्राहकसंग मात्रै हिमालयन कारोबार गरिने कम्पनीको रूपमा हेरिनु हुन्न नेपालभरीनै सबैमा पुग्नुपर्छ भनेर अघि बढेका हौँ । ग्राहकबाट पनि साथ सहयोग प्राप्त भयो । हामिले अस्ति इतिहासमा पहिलो पटक २ सय करोड व्यापार गर्न सफल भयौँ । अर्को बीमा क्षेत्रको ग्रोथ हेर्दा अर्ग्यानिक र इन अर्गानिक दुवै हेर्छौ । व्यापार अर्ग्यानिक ग्रोथले २ सय करोड पुग्यो अव ३ सय र ४ सय पुग्न धेरै समय लाग्ने देखियो । मर्जरबाट त्यो सम्भव छ, अव मर्जरबाट हिमालयन एभरेस्टको कारोबारबाट २ सय बाट एकै पटक ४ सय करोड पुग्नेछ । यो कारणले पनि मर्जरमा जान हामीलाई प्रेरणा दियो । 

मर्जरपछि हिमालयन एभरेष्ट कम्पनीले बजार लिड गर्न सक्छ ? 

बजार लिड गर्न सक्छ, तर कुन मानेमा भन्ने कुरा हो । कतिपयले कुल प्रिमियमलाई हेर्छन् तर म ग्राहकले कम्पनीलाई कसरी माया विश्वास गर्छन् त्यो हेर्छु । भोलिका दिनमा ग्राहकको सन्तुष्टिलाई अझै बढाउँदै लैजाने हो । अहिले बीमा समितिले तोकेको चुक्ता पुँजी सबैभन्दा पहिले निर्जीवन बीमा कम्पनीहरूले पु¥याउने हुन कि भन्ने देखियो । पुँजीको मामलामा हामी माथिल्लो ¥याङ्किङमा हामी अगाडी हुन्छौँ । हामीले मर्जरपछि कम्पनीलाई १ नम्बर बनाउने गरी व्यावसायिक योजना बनाएका छौँ । 

मर्जरपछि कम्पनी कस्तो हुन्छ ? 

हामीले २०७९ साउन १ देखी एकीकृत कारोबार गर्ने भएकोले असारसम्मको वित्तीय विवरण अलग अलग नै तयार हुन्छ । साधारणसभा चाँही मर्जरपछिको एउटै कम्पनीले गर्छ । वार्षिक प्रतिवेदन आजसम्मको छुट्टाछुट्टै हुन्छ । 

मर्जरपछि पुँजी ठुलो भयो अव लगानकर्तालाई कसरी प्रतिफल दिने ? 

हिजोका दिन दुवै कम्पनीको एउटा कारोबार थिए दुवैले आफ्ना सेयरधनलिाई एक लेबलको प्रतिफल दिएका थिए । मर्जरपछि हिजोको दुई कम्पनीको जोड्दा भन्दा कमी हुँदैन, बढेर जान्छ । दुई कम्पनी मर्जरपछिको सिनर्जी इफेक्ट १, १ जोडेर २ होइन ११ बन्छ । हामीसँग भएको दोहोरा खर्च हटेर जान्छ । दुई कम्पनी हुँदा दोहोरिएका शाखा हट्छन् । ती शाखालाई स्थानान्तरण गरेर नयाँ ठाउँमा पहुँच बढाउँछौँ । दुब्लिकेसन भएका खर्च कटौती हुन्छ । 

मर्जरबाट निर्जीवन कम्पनी आधा घट्ने भए, बजारलाई चाहिने कम्पनी सङ्ख्या कति हो ?

बीमाको पहुँच बढाउने हो भने बीमा कम्पनीले कहिँ न कहीँ आफ्नो उपस्थिति जनाउनुपर्छ । बीमा कम्पनीको सङ्ख्या दुई ओटा मात्रै हुने र शाखा चाँही ५/५ सय भए भने २ कम्पनी भए पग्ला । सङ्ख्या भन्दा पनि बीमा कम्पनी दरो भएर टेक्नोलोजीमा लगानी गरेर राम्रो सफ्टवेयर राख्न सके भने राम्रो हुन्छ । 

बीमा क्षेत्रमा चाहिएको भनेको देशमा भएका वेस्ट ब्रेनलाई बीमा क्षेत्रमा आकर्षित गर्न सके भने बीमाको भविष्य उज्ज्वल छ । मर्जरपछि शाखाको माध्यमबाट सङ्ख्या थोरै भए पनि पहुँच अभिवृद्धि हुन्छ । 

अहिले बीमा कम्पनीलाई तोकिएको चुक्ता पुँजी धेरै भएन ?

यो बारेमा नियमनकारी निकायले केही अध्ययन गरेरै ल्याएको होला । हामी नियमन हुने निकाय भएकाले नियामकले ल्याएको निर्देशन पालना गर्नुपर्छ । 

बीमा कम्पनीको पुँजी बढाएर जवर्जस्ती मर्जरमा लैजाने फेरी लाइसेन्स दिने योजना छ भनिन्छ नि ? 

यो विषयमा हामी कम्पनीले के बोल्ने ? सरकार र नियमनकारी निकायले सोच्ने कुरा हो जस्तो लाग्छ । 

हिमालयन र एभरेष्ट गाभिएपछि अवस्था कस्तो हुन्छ ? 

दुई कम्पनी गाभिएपछि सङ्ख्या २ होइन हामी ११ को सिनर्जी दिने गरी काम गर्छौँ । दुई कम्पनी गाभिएपछि दुवै संस्थामा कार्यरत कर्मचारीलाई एक भएर कार्य गराउँछौँ । दुई कम्पनीका कर्मचारीलाई कुनै भेदभाव र लिगासी रहँदैन ।  

कम्पनीको मर्जरपछि बीमामा देखिएको अस्वस्थ प्रतिस्पर्धा हट्छ ? 

यो हट्छ, हट्नुपर्छ । नियमन हुने उद्योगले अस्वस्थ प्रतिस्प्रर्धाको सामना गर्नु¥यो भने संस्थाहरू पनि धरापमा पर्छ । बीमा कम्पनी मर्जर पछि पनि बजारमा अस्वस्थ्य प्रतिस्पर्धा भयो भने कम्पनी धरापमा पर्छ । 


प्रतिक्रिया दिनुहोस्