तपाईको डिम्याट खातामा ११ प्रतिशत बोनस शेयर आयो ? आएको छैन भने यसो गर्नुहोस् « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

तपाईको डिम्याट खातामा ११ प्रतिशत बोनस शेयर आयो ? आएको छैन भने यसो गर्नुहोस्



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले गत जेठ ३० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ११ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

जेठ १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको बोनस शेयर जम्मा भइसकेको छ भने त्यसपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको बोनस शेयर क्रमशः जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीको भने शेयर अभौतिकीकरण गराएपछि मात्र हितग्राही खातामा बोनस शेयर जम्मा हुनेछ । साथै कम्पनीले विभिन्न साधारणसभाबाट पारित नगद लाभांश तथा बोनस शेयर लिन बाँकी भएका शेयरधनीलाई शेयर रजिष्ट्रार एनआईबीएल एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्