नेशनल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले आवेदन दिन पाउँछन् ? « Arthapath.com
१२ श्रावण २०७९, बिहीबार

नेशनल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले आवेदन दिन पाउँछन् ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

इन्स्योरेन्सका संस्थापक शेयरधनी आरधना मल्लले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको छ । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १२ गते) ले ३५ दिन भित्र कम्पनीको प्रधान कार्यालय लाजिम्पाट २ काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्