दैनिक १ सय जनालाई कोरोना बीमाको दावी भुक्तानी गर्दै नेको इन्स्योरेन्स « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

दैनिक १ सय जनालाई कोरोना बीमाको दावी भुक्तानी गर्दै नेको इन्स्योरेन्स



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले दैनिक एक सय जनालाई कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएको छ ।

कम्पनीले पिसिआर पोजिटिभ भई दाबी गर्ने एक र पारिवारिक बीमालेख खरिद गरेका बीमितहरुलाई पहिलो चरणमा दाबी भुक्तानी गर्ने जनाएको छ ।

एक सूचना निकाल्दै कम्पनीले दाबी भुक्तानीका लागि दाबी गरेका बीमितहरुले काठमाडौं उपत्यकाकाको हकमा कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर, काठमाडौंबाट भुक्तानी लिन सकिने छ ।

उपत्यका बाहिरको हकमा भने आफुले बीमा गरेको कम्पनीको सम्बन्धीत शाखाहरुमा आफ्नो आधिकारीक परिचयपत्र सहित भुक्तानीको लागि सम्पर्क गर्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कम्पनीले मंसिर १३ गतेदेखि पुस १ गतेसम्ममा कूल १५ सय ५ जना बीमितलाई कोरोना बीमाको भुक्तानी गर्ने जनाएको छ ।

यस्तो छ सूचना

Tags :

प्रतिक्रिया दिनुहोस्