हिमालयन एभरेष्टका वरिष्ठ डेपुटी सीईओ गौतमले भने,-‘मैले राजिनामा दिएको छैन’ « Arthapath.com
१४ मंसिर २०७९, बुधबार

हिमालयन एभरेष्टका वरिष्ठ डेपुटी सीईओ गौतमले भने,-‘मैले राजिनामा दिएको छैन’



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कमल गौतमले आफूले कम्पनीबाट राजिनामा नदिएको बताएका छन् ।

उनले विभिन्न सञ्चारमाध्यममा आएका आफ्नो राजिनामा सम्वन्धि समाचार सत्य नभएको स्पष्ट पारेका हुन् । ‘मेरो अझै दुई वर्ष कार्यकाल बाँकी नै छ, मैले राजिनामा दिएको छैन, बाहिर आएका समाचार हल्ला मात्र हो, सत्यता छैन ।’– गौतम भने अर्थपथसंग भने ।

मर्जरपछि कर्मचारीहरुको समायोजन गर्न नसकेको र काम गर्न वातावरण नभएको भन्दै कर्मचारीहरुले राजिनामा दिएको बुझिएको छ । सोही सन्दर्भमा वरिष्ठ डेपुटी सीईओ गौतमको पनि राजिनाको हल्ला बाहिरिएको थियो । तर, उनले राजिनामा नदिएको अर्थपथलाई बताए ।

तर, कम्पनीका डेपुटी सीईओ पवन थापाले पनि राजिनामा दिएको बुझिएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीका बीचमा मर्जर भई गत साउन १ गतेदेखि एकीकृत कारोबार सुरु हो । मर्जरपछि कम्पनीमा कर्मचारी समायोजन नगरिएको कर्मचारीहरुको गुनासो गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्