निर्जीबन बीमा कम्पनीहरुको भुक्तानी हुन् बाँकी दावी रकम करिब १९ अर्ब, कुनको कति ? (सूचीसहित) « Arthapath.com
१४ मंसिर २०७९, बुधबार

निर्जीबन बीमा कम्पनीहरुको भुक्तानी हुन् बाँकी दावी रकम करिब १९ अर्ब, कुनको कति ? (सूचीसहित)



काठमाडौं । संचालनमा रहेका निर्जीबन बीमा कम्पनीहरुले करिब १९ अर्ब रुपैयाँ दावी रकम भुक्तानी गर्न बाँकी देखिएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० तीन महिनाको अवधिमा १७ वटा निर्जीवन बीमा कम्पनीहरुले १८ अर्ब ९४ करोड १ लाख रुपैयाँ दावी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणको तथ्याङ्कले यस्तो देखाएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा भने १३.६६ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले २१ अर्ब ९३ करोड ८६ लाख ७४ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । चालु आवको तीन महिनामा भुक्तानी हुन् बाँकी दावी संख्या भने १ लाख ९ हजार २०५ रहेको छ ।

चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा बढी भुक्तानी हुन् दावी रकम प्रिमियर इन्स्योरेन्सको देखिएको छ । सो अवधिमा कम्पनीले ३ अर्ब ६ करोड ४४ लाख १४ हजार रुपैयाँ दावी भुक्तानी नगरेको हो । कम्पनीले चालु आवको पहिलो त्रैमासमा भुक्तानी हुन् बाँकी संख्या भने २ हजार ६२७ रहेको छ ।

सो अवधिमा शिखर इन्स्योरेन्सले भने २ अर्ब ६१ करोड १ लाख २४ हजार रुपैयाँ रकम भुक्तानी हुन् बाकी देखिएको छ । कम्पनीले भुक्तानी गर्न बाँकी संख्या भने १७ हजार रहेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा भने कम्पनीको दावी भुक्तानी हुन् बाँकी रकम २१.४१ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, चालु आवको तीनमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको भुक्तानी हुन बाँकी दावी रकम २ अर्ब ६२ लाख ३६ हजार रुपैयाँ देखिएको छ । सो अवधिमा भुक्तानी गर्न बाँकी दावी संख्यामा भने १२ हजार ८७६ रहेको छ ।

चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा कम दावी भुक्तानी गर्न बाँकी रकम राष्ट्रिय बीमा संस्थानको रहेको छ । सो अवधिमा कम्पनीले ४ करोड ३४ लाख ८५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको हो ।

आधा दर्जन कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम १ अर्बमाथि

चालु आवको असोज मसान्तसम्ममा आर्धा दर्जन कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम १ अर्बमाथि देखिएको छ ।सो अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ भुक्तानी हुन् बाँकी देखिएको छ । कम्पनीले भुक्तानी गर्न बाँकी दावी संख्या भने १० हजार ११ रहेको छ ।

इन्स्योरेन्सको पनि भुक्तानी हुन् बाँकी दावी रकम १ अर्ब ५७ करोड ६५ लाख ४१ हजार रुपैयाँ देखिएको छ । यस्तै, चालु आवको तीन महिनामा सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब ३५ करोड ३४ लाख २३ हजार, आइएमई इन्स्योरेन्सको १ अर्ब २८ करोड १४ लाख ५० हजार, एनएलजी इन्स्योरेन्सको १ अर्ब १४ करोड ८९ लाख ११ हजार र अजोड इन्स्योरेन्सको १ अर्ब ७७ लाख बढी भुक्तानी हुन् बाँकी देखिएको छ ।

अन्य कुनको कम्पनीको कति बाँकी ?

चालु आवको पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सको भुक्तानी हुन् बाँकी दावी रकम ९९ करोड २४ लाख ४९ हजार देखिएको छ ।
सो अवधिमा युनाईटेड इन्स्योरेन्सको भने ९४ करोड ६२ लाख ७७ हजार रुपैयाँ बाँकी देखिएको छ ।

यस्तै, प्रभु इन्स्योरेन्सको ८६ करोड ९६ लाख ५१ हजार, ओरियण्टलको ८४ करोड ८४ लाख ९६ हजार रुपैयाँ भुक्तानी हुन् बाँकी रहेको छ ।

त्यसैगरि सो अवधिमा लुम्बिनी इन्स्योरेन्सको ७८ करोड ८४ लाख, प्रुडेन्सियलको ४१ करोड ४५ लाख ५० हजार र सानिमा जिआईसी इन्स्योरेन्सको ११ करोड ८० लाख ७१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको छ ।

यस्तो छ तथ्याङ्क:


प्रतिक्रिया दिनुहोस्