प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ ।

कम्पनीले सिद्धार्थ इन्स्योरेन्स एक आपसमा मर्जरमा जानका लागि सम्झौता गरेकाले सेयर कारोबार रोक्का रहेको थियो ।

नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ (१) बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीको सेयर अब आइतबारदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्