नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा « Arthapath.com
१७ मंसिर २०७९, शनिबार

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३४औं वार्षिक साधारण सभा आइतबार अर्थात मंसिर १८ गतेका लागि बोलाएको छ । कात्तिक १६ गते बसेको संचालक समितिको बैंठकले सभा कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०।३० बजे आव्हान गरकेो हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथैं, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूची रहेको छ ।

साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर ८ गते एक दिन बुक क्लोज गरेको हुदाँ मंसिर ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्