एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ? « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३१५८ प्रतिशत नगद लाभांश प्रयोजनका लागि गरी कुल १०. ५२६३१५८ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्