हिमालयन रिका सीईओ चंद्रशेखरनले बुझे करिब ३ करोड तलब भत्ता, अन्य पदाधिकारीको कति ? « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

हिमालयन रिका सीईओ चंद्रशेखरनले बुझे करिब ३ करोड तलब भत्ता, अन्य पदाधिकारीको कति ?



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत (सीईओ) आर. चंद्रशेखरन करिब तीन करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।

सीईओ चन्द्रशेखरनले गत आर्थिक वर्ष २०७८/७९ मा पारिश्रमिक, भत्ता बापत २ करोड ९६ लाख ९१ हजार २८९ रुपैयाँ बुझेका हुन् ।

तलब भत्ता बाहेक सीईओलाई आवास सुविधा समेत प्रदान गरिएको कम्पनीले जनाएको छ । यसका साथै संचार, दुर्घटना बीमा ता स्वास्थोपचार बीमा सुविधा समेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

गत आवमा कम्पनीले अन्य प्रवन्धकलाई २ करोड ७९ लाख ५८ हजार ६६ रुपैयाँ तलब तथा भत्ता प्रदान गरेको छ ।

कम्पनीका अनुसार नायब प्रमुख कार्यकारी अधिकृत तथा १ जना कार्यकारी निर्देशकलाई आवस सुविधा समेत दिईएको छ । यसका साथै कम्पनीले अन्य पदाधिकारीलाई पनि संचार, दुर्घटना बीमा तथा स्वास्थ्योपचार बीमा सुविधा समेत प्रदान गरेको जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्