व्यवसाय विस्तारमा तगडा बन्दै नेशनल लाइफः साढे ५ अर्ब बीमा शुल्क आर्जन, एक महिना २५% ले वृद्धि « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

व्यवसाय विस्तारमा तगडा बन्दै नेशनल लाइफः साढे ५ अर्ब बीमा शुल्क आर्जन, एक महिना २५% ले वृद्धि



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले साढे ५ अर्ब रुपैयाँको व्यवसाय गरेको छ ।

प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार चालु आवको कात्तिक मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४९ कारेड २ लाख ४३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

प्राधिकरणका अनुसार कम्पनीको व्यवसाय एक महिनामा २५.३३ प्रतिशतले बढेको हो । असोज मसान्तसम्म भने कम्पनीको कुल बीमा शुल्क आर्जन ४ अर्ब ३८ करोड ४ लाख रुपैयाँ रहेको थियो । कात्तिक मसान्तसम्ममा कम्पनीको कुल सक्रिय बीमा लेखको संख्या १५ लाख ५ हजार ५२० रहेको छ ।

यस्तै, कम्पनीले चालु आवको चार महिनासम्ममा प्रथम बीमा शुल्क बापत १ अर्ब ७७ करोड २७ लाख ३६ हजार रुपैयाँ संकलन गरेको छ भने नविकरण शुल्क भने ४ अर्ब ४० करोड ६५ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीले कात्तिक महिनामा मात्रै प्रथम बीमा शुल्क २४ करोड ९ लाख रुपैयाँ र नवीकरण बीमा शुल्क ८६ करोड ८९ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले सो महिनामा कुल बीमा शुल्क भने १ अर्ब १० करोड ९८ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले कात्तिक महिनामा मात्रै ८२ हजार १२८ वटा बीमा लेख जारी गरेको थियो । कात्तिक महिनामा कम्पनीको बीमाङ्क रकम भने १० अर्ब ९४ करोड ९५ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणका अनुसार गत असोजसम्ममा भने कम्पनीको प्रथम बीमा शुल्क ८४ करोड २७ लाख ४२ हजार रुपैयाँ, नवीकरण बीमा शुल्क ३ अर्ब ५३ करोड ७६ लाख ६६ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्यामा भने १४ लाख ९१ हजार ८६६ रहेको थियो ।

त्यसैगरि असोज महिनामा मात्रै कम्पनीले प्रथम बीमा शुल्क बापत २७ करोड ७७ लाख ४५ हजार रुपैयाँ र नविकरण शुल्कबाट ८७ करोड २१ लाख २० हजार रुपैयाँ आर्जन गरेको थियो । गत असोज महिनामा मात्रै कम्पनीले ८५ हजार ३१४ वटा बीमालेख जारी गरेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्