जीवन बीमा कम्पनीहरुले गरे ४६ अर्बको व्यापार, कुन प्रदेशमा कति व्यवसाय ? (सूचीसहित) « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

जीवन बीमा कम्पनीहरुले गरे ४६ अर्बको व्यापार, कुन प्रदेशमा कति व्यवसाय ? (सूचीसहित)



काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरुले चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा विभिन्न बीमालेखबाट ४६ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् ।

संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ ३८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक मसान्तसम्ममा सबैभन्दा बढी बीमा शुल्क सावधिक जीवन बीमा मार्फत संकलन भएको छ । उक्त अवधिमा यो बीमालेखबाट १६ अर्ब ५७ करोड ६७ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चालु आवको चार महिनामा एक बीमा शुल्क बीमा बीमाबाट ३३ करोड ७० लाख ९८ हजार रुपैयाँ संकलन गरेको छ ।

सो अवधिमा कम्पनीहरुले अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरित सावधिक, बालबच्चा सम्वन्धी, वैदेशिक रोजगार बीमा, आजिवन जीवन बीमा, म्यादि जीवन बीमा, लघु जीवन बीमा लगायतका बीमालेख जारी गरेका हुन् । सो अवधीमा कम्पनीहरुले १ करोड ३९ लाख ४२ हजार ३०९ वटा बीमालेख जारी गरेका छन् ।


प्रदेशगत विवरण अनुसार भने सबैभन्दा धेरै बीमा शुल्क बागमती प्रदेशबाट संकलन भएको देखिएको छ । प्राधिकरणका अनुसार बागमती प्रदेशबाट १९ अर्ब ७० करोड ८७ लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बागमतीमा जीवन बीमा कम्पनीहरुको जारी बीमालेखको संख्या पनि १ करोड २ लाख ५९ हजार ९१९ रहेको छ ।

चालु आवको चार महिनामा सबैभन्दा कम बीमा शुल्क कर्णाली प्रदेशमा संकलन भएको छ । सो अवधिमा कम्पनीहरुले २ अर्ब ४ करोड ४४ लाख ४९ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् । कर्णाली प्रदेशमा जीवन बीमा कम्पनीहरुले २ लाख १२ हजार ४४६ वटा बीमालेख जारी गरेका थिए ।

प्राधिकरणको विवरण अनुसार लुम्बिनी प्रदेशमा ६ अर्ब ८२ करोड २८ लाख, प्रदेश १ मा ५ अर्ब ७९ करोड ६ लाख, गण्डकी प्रदेशमा ४ अर्ब ८६ करोड १२ लाख, मधेशमा ४ अर्ब ३५ करोड १० लाख, सुदुरपश्चिममा २ अर्ब ४३ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्