बीमितको स्वास्थ्य परिक्षणमै जीवन बीमा कम्पनीले तीन महिनामा खर्चिए १ करोड ७८ लाख, कुनले कति ? « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

बीमितको स्वास्थ्य परिक्षणमै जीवन बीमा कम्पनीले तीन महिनामा खर्चिए १ करोड ७८ लाख, कुनले कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षणमा डेढ करोड बढी खर्च गरेका छन् ।

संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को तीन महिनामा बीमितको स्वास्थ्य परिक्षणका लागि १ करोड ७८ लाख २३ हजार रुपैयाँ खर्च गरेका हुन् ।

जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय रिर्पोटले यस्तो देखाएको हो । कुनै पनि बीमितले जीवन बीमा गर्न अगावै स्वास्थ्य परिक्षण गर्ने व्यवस्था रहेको छ ।

जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क गत आवको तुलनामा भने घटेको छ । गत आवको असोज मसान्तसम्ममा कम्पनीहरुले स्वास्थ्य परिक्षणमा ३ करोड ७ लाख ३४ हजार रुपैयाँ खचिएका थिए ।

चालु आवको तीन महिनामा बीमितको स्वास्थ्य परिक्षणका लागि सबैभन्दा धेरै नेशनल लाइफले खर्चिएको छ । सो अवधिमा कम्पनीले बीमितको स्वास्थ्य परिक्षणमा ३२ लाख १० हजार रुपैयाँ खर्च गरेको हो । गत वर्षको सोही अवधिमा पनि कम्पनीले ४० लाख ६५ हजार रुपैयाँ खर्च गरेको थियो ।

वित्तीय विवरण अनुसार सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले २२ लाख २० हजार रुपैयाँ बीमितको स्वास्थ्य परिक्षणका लागि खर्च गरेको छ । यस्तै, लाइफ नेपाल कर्पोरेशनले १७ लाख ६१ हजार रुपैयाँ, सिटिजन लाइफले १६ लाख ७४ हजार, रिलायबल नेपालले १४ लाख १४ हजार रुपैयाँ खर्च गरेका छन् ।

चालु आवको पहिलो तीन महिनामा सबैभन्दा कम स्वास्थ्य परिक्षण गर्न गुराँस लाइफको देखिएको छ । कम्पनीले सो अवधिमा १ लाख ९६ हजार रुपैयाँ खर्चिएको छ ।

वित्तीय विवरण अनुसार सो अवधिमा राष्ट्रिय बीमा संस्थानले ९ लाख ४४ हजार रुपैयाँ, युनियन लाइफको ९ लाख २४ हजार, ज्योति लाइफ ९ लाख ७ हजार, प्राइमको ६ लाख ६६ हजार, एशियनको ६ लाख २९ हजार, महालक्ष्मी लाइफको ५ लाख ३७ हजार, आइएमईको ५ लाख २५ हजार रुपैयाँ बीमितको स्वास्थ्य परिक्षणमा खर्च गरेका छन् ।

त्यसैगरि सो अवधिमा बीमितको स्वास्थ्य परिक्षण लागि सूर्या लाइफले ४ लाख ८२ हजार रुपैयाँ, सन नेपाल लाइफले ४ लाख ६० हजार, मेट लाइफ ४ लाख ३२ हजार, प्रभुको ३ लाख ५९ हजार, रिलायन्सले २ लाख ४९ हजार, सानिमाले २ लाख ३४ हजार रुपैयाँ खर्चिएका छन् ।


प्रतिक्रिया दिनुहोस्