महालक्ष्मी लाइफको सीइओमा दोहोरिए रमेश भट्टराई « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

महालक्ष्मी लाइफको सीइओमा दोहोरिए रमेश भट्टराई



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराइलाई पुन नियुक्ति गरेको छ ।

कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको ६६औं बैठकले भट्टराईलाई पुष १७ गतेदेखि लागू हुने गरी पुन नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षका लागि हुनेछ ।

बीमा कम्पनीको पहिलो सीईओ भट्टराई नेपाल लाइफ साथै एशियन लाईफ इन्स्योरेन्सको समेत पूर्व सीईओ हुन् । बैंक तथा वित्तीय क्षेत्रमा ३५ वर्ष विताइसकेका उनी महालक्ष्मी फाइनान्स हुँदै महालक्ष्मी विकास बैंकको समेत सीईओ भइसकेका छन् ।

भट्टराई नेपाली बीमा कम्पनी इतिहासकै पहिलो नेपाली सीईओ हुन् । उनी ३ दशक अघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओ भएका थिए । 


प्रतिक्रिया दिनुहोस्