मेरोमाइक्रोफाइनान्स लघुवित्त र प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२१ पुष २०७९, बिहीबार

मेरोमाइक्रोफाइनान्स लघुवित्त र प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुष २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि संस्थाले पुष २२ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २१ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

मेरोमाइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेका १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश ९कर सहित० गरी जम्मा २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा माघ ६ गतेका लागि बोलाएको छ । सभा क्राउन होटल हारती, विदुर–५, गँगटे, नुवाकोटको सभाहलमा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४।२५ प्रतिशत बोनस शेयर र ०।७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुष २९ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्