जीवन बीमा कम्पनीले उठाए ७१ अर्ब प्रिमियम: नेपाल लाइफको अग्रता, एलआईसी र नेशनलबीच प्रतिस्पर्धा « Arthapath.com
१७ माघ २०७९, मंगलवार

जीवन बीमा कम्पनीले उठाए ७१ अर्ब प्रिमियम: नेपाल लाइफको अग्रता, एलआईसी र नेशनलबीच प्रतिस्पर्धा



काठमाडौं । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ६ महिनामा ७१ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कम्पनीहरुले ७१ अर्ब ५ करोड ३८ लाख २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, गत वर्षको सोही अवधिको तुलनामा भने ०.२० प्रतिशतले मात्र बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले ७० अर्ब ९१ करोड ३९ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

चालु आवको ६ महिनामा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । सो अवधिमा कम्पनीको यस्तो शुल्क १८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ कायम भएको छ । यद्यपि, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने कम्पनीको बीमा शुल्क १.३१ प्रतिशतले मात्र बढी हो । गत वर्षको सोही अवधिमामा कम्पनीले १८ अर्ब ३९ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

दोस्रो स्थानमा रहेको लाइफ नेपाल कर्पोरेशन (.नेपाल)ले भने ८ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको यो शुल्क गत आवको पुस मसान्तसम्मको तुलनामा भने ४.०२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ३९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको तेस्रो स्थान नेशनल लाइफ इन्स्योरेन्स देखिएको छ । कम्पनीले गत वर्षको पुस मसान्तसम्मको तुलनामा बीमा शुल्क आर्जन १३ प्रतिशतले बढाएर ७ अर्ब ६८ करोड ६९ लाख ९८ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले ६ अर्ब ८० करोड २७ लाख ७६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

सो अवधिमा राष्ट्रिय बीमा संस्थानले भने ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, गत कात्तिकदेखि एकीकृत कारोबार थालनी गरको सूर्यज्योति लाइफ (सूर्या लाइफ र ज्योति लाइफ) ले भने ५९ करोड ८२ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

यस्तै, युनियन लाइफले ३ अर्ब ७५ करोड १९ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड ४४ लाख, मेट लाइफले २ अर्ब ५० करोड २३ लाख, प्राइम लाइफले २ अर्ब २६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरि आइएमई लाइफको बीमा शुल्क आर्जन १ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ९४ करोड ४१ लाख, रिलायवलको १ अर्ब ७८ करोड ६५ लाख, गुराँस लाइफको १ अर्ब ४३ करोड ३९ लाख, सानिमा लाइफको १ अर्ब २४ करोड ७४ लाख, रिलायन्स लाइफको १ अर्ब ५० करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कुनको कति ?


प्रतिक्रिया दिनुहोस्