निर्जीवन बीमा कम्पनी : ६ महिनामा २० अर्ब बीमा शुल्क, पहिलो स्थानमा शिखर, युनाईटेडको भने खस्कियो « Arthapath.com
१७ माघ २०७९, मंगलवार

निर्जीवन बीमा कम्पनी : ६ महिनामा २० अर्ब बीमा शुल्क, पहिलो स्थानमा शिखर, युनाईटेडको भने खस्कियो



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ६ महिनामा २० अर्ब बढी बीमा शुल्क उठाएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल २० अर्ब ८ करोड २५ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

यो शुल्क गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ५.१५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले चालु आवको पुस मसान्तसम्ममा बीमा शुल्क आर्जन ८.७९ प्रतिशतले बढाएर २ अर्ब ६५ करोड २३ लाख ४८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले २ अर्ब ४३ करोड ८१ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले भने १ अर्ब ५४ करोड ५८ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर, गत वर्षको सोही अवधिमा भने कम्पनीको बीमा शुल्क २.४० प्रतिशतले घटेको हो ।

चालु आवको ६ महिनामा सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क भने १ अर्ब ४९ करोड ८० लाख ७० हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७२ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीको यस वर्षको सोही अवधिमा भने १३.३९ प्रतिशतले कमी हो ।

चालु आवको ६ महिनामा सबैभन्दा कम बीमा शुल्क भने नेशनल लाइफले संकलन गरेको छ । सो अवधिमा कम्पनीले ४९ करोड ४० लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क युनाईटेड इन्स्योरेन्सको घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पुस मसान्सम्म कम्पनीको बीमा शुल्क आर्जन ३२.७६ प्रतिशतले घटेर ५९ करोड ३१ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन वृद्धि गर्नेमा (प्रतिशतका आधारमा) राष्ट्रिय बीमा कम्पनी देखिएको छ । सो अवधिमा कम्पनीको बीमा शुल्क १३७.९८ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड ७७ लाख ६६ हजाजर रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो रकम ५९ करोड १५ लाख रुपैयाँ ७९ हजार रुपैयाँ रहेको थियो ।

अन्य कुनको कति ?


प्रतिक्रिया दिनुहोस्