पिछडिएका र अवसर नपाएका महिलालाई महालक्ष्मी लाइफको साथ, प्रदेश १ मा गर्यो जनचेतना मुलक कार्यक्रम « Arthapath.com
१८ माघ २०७९, बुधबार

पिछडिएका र अवसर नपाएका महिलालाई महालक्ष्मी लाइफको साथ, प्रदेश १ मा गर्यो जनचेतना मुलक कार्यक्रम



काठमाडौं। समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाई आयआर्जनको बारेमा अग्रसर गराउने उद्देश्य राखेर महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले माघ १३ गतेबाट प्रदेश १ को पाँच स्थानमा (चन्द्रगढी, विर्तामोड, इटहरी, धरान र विराटनगरमा) “महिला सशक्तिकरणमा”महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्र गरेको छ ।

भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीको अध्यक्षतामा माघ १३ गते चन्द्रगढीमा ८० जाना सहभागी भएर कार्यक्रम सम्पन्न भएको थियो । उपमेयर कार्कीले महिलाको आर्थिक र सामाजिक विकासको लागि नै महालक्ष्मी लाईफसँग काम गर्न तयार भएको बताइन् ।

साथै,माघ १४ गते विर्तामोडमा अजुनधारा नगरपालिकाकी सदस्य चन्दा तामाङको अध्यक्षतामा सम्पन्र कार्यक्रममा १४० भन्दा बढी महिलाहरु सहभगीता रहेको थियो । यस कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार भट्टराईले बिमा जस्तो परोपकारी कामा सहभगि भई घरको जिम्मेवारी संगै आर्यआर्जन हुने सहभागि महिलालाई आग्रह गरे। कार्यक्रममा कम्पनीका बजार प्रमुख प्रशान्तराज धमला, गुञ्जन थापा,गंगाराम थापा,जेसिस अध्यक्ष सुस्मा पैडेल लगायतको टिमले कार्यक्रममको महत्वबारे प्रकाश पादैँ सफलताको शुभकामना दिए ।

१५ गते इटहरी र धरानमा पनि कार्यक्रम सम्मपन्न भएको छ । स्थानिय महिलाको नेतृको अध्यक्षतामा सम्पन्र कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारीहरुले महिलाहरुलाई उत्प्रेरीत गराउन मन्तव्य राखेका थिए । १५ गते नै ललितपुरको कुमारीपाटीमा पनि कार्यक्रम सम्पन्र भएको थियो ।

माघ १६ गते विराटनगरमा पनि कार्यक्रम सम्पन्र भएको थियो। गाउँपालिका उपाअध्यक्ष रिमिझिमि कुमारी भगतको अध्यक्षतामा महिला सशक्तिकरण सम्बन्धी भएको थियो । यस कार्यक्रममा ९० जाना सहभागी रहेको जानाकारी गदैँ मञ्जु भट्टराईले स्वागत मन्तव्य राखेको थिइन् ।


प्रतिक्रिया दिनुहोस्