सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको कम्पनी एकीकृत कारोबारका लागि जुर्यो मिति, कहिले हुँदै ? « Arthapath.com
१८ माघ २०७९, बुधबार

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको कम्पनी एकीकृत कारोबारका लागि जुर्यो मिति, कहिले हुँदै ?



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । मर्जरमा प्रक्रियामा रहेका यी दुवै कम्पनीले आउँदो फागुन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । एकीकृत कारोबारका लागि सबै प्रक्रिया लगभन पुरा भएको कम्पनीहरुले बताएका छन् । मर्जरको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पनि पाइसकेको छ ।

यी दुवै कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् । मर्जपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवार बन्नेछन् । संचालन समितिको अध्यक्ष र डीसीओ भने टुंंगो लाग्न बाँकी रहेको बताइएको छ ।

मर्जपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्नेछ । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ र प्रिमियरको १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । दुई कम्पनीले गत असार २७ गते मर्जरमा जानका लागि प्रारम्भिक सम्झौता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्