सेयर संरचना परिवर्तन र मर्जर प्रस्ताव पारितका लागि सानिमा लाइफले डाक्यो साधारण सभा « Arthapath.com
२० माघ २०७९, शुक्रबार

सेयर संरचना परिवर्तन र मर्जर प्रस्ताव पारितका लागि सानिमा लाइफले डाक्यो साधारण सभा



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा फागुन १२ गतेका लागि बोलाएको छ । सभा कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले रिलायन्स लाइफ इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्नेछ । कम्पनीले संचालकहरूको कार्यकाल साधारण सभाको दिनसम्म कायम रहेकाले नेपाल बीमा प्राधिकरणको स्वीकृति बमोजिम एकिकृत कारोबार हुनु अघि सम्मको लागि थप गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

दुबै कम्पनीको शेयर संरचना हाल संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेकोमा उक्त शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गते एक दिनको लागि बुक क्लोज गनभएको हुदाँ माघ २८ सम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्