वैदेशिक रोजगार बीमा बापत उठ्यो १ अर्ब ७१ करोड प्रिमियम, झण्डै १३ लाख बीमा पोलेसी सक्रिय « Arthapath.com
२० माघ २०७९, शुक्रबार

वैदेशिक रोजगार बीमा बापत उठ्यो १ अर्ब ७१ करोड प्रिमियम, झण्डै १३ लाख बीमा पोलेसी सक्रिय



काठमाडौं । वैदेशिक रोजगार बीमा बापत ६ महिनामा डेढ अर्ब बढी बीमा शुल्क संकलन भएको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको ६ महिनामा वैदेशिक रोजगार बीमा बापत १ अर्ब ७१ करोड १९ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क संलकन भएको छ । गत मंंसिर महिनासम्मको तुलनामा भने यस्तो शुल्क १८.९२ प्रतिशतले बढी हो । सो महिनासम्ममा कम्पनीहरुले १ अर्ब ४३ करोड ९४ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

सो अवधिमा १२ लाख ९४ हजार ४५९ वैदेशिक रोजगार बीमालेख सक्रिय देखिएको छ । वैदेशिक राजगरामा जाने नेपाली कामदारले अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्छ । सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलिसी सक्रिय देखिएको हो ।

पुस महिनामा मात्रै कम्पनीले वैदेशिक रोजगार बीमा बापत २७ करोड २४ लाख ८२ हजार रुपैयाँ प्रिमियम उठाएका छन् । सो महिनामा ६१ हजार ६५२ बीमालेख सक्रिय देखिएको छ । त्यसको दायित्व (बीमाङ्क रकम) ४ अर्ब २४ अर्ब ८९ करोड ९० लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।

पछिल्लो पटक नेशनल लाइफ, नेपाल लाइफ, एलआईसी, मेट लाइफ, सुर्याज्योति लाइफ, आइएमई, सन नेपाल, रिलायवल, सिटीजन, सानिमार प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन् ।

सो अवधिमा वैदेशिक रोजगार बीमा बापत सबैभन्दा धेरै बीमा शुल्क सन नेपाल लाइफले संकलन गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ६९ करोड ८६ लाख ७६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले ३ हजार ३३९ बीमालेख बिक्री गरेको छ । गत मंसिर महिनामा भने कम्पनीले ६१ करोड ६५ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिमा आइएमई लाईफले १८ करोड ८७ लाख रुपैयाँ, साविकको सूर्य लाइफले १८ करोड ५१ लाख, सानिमा लाइफले १४ करोड ११ लाख, साविक ज्योति लाइफले १३ करोड १८ लाख, सिटिजन लाइफले १२ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै, सो अवधिमा नेपाल लाइफले ९ करोड ४९ लाख रुपैयाँ, रिलायबलले ७ करोड २५ लाख, नेशनलले ३ करोड ४० लाख, रिलायन्सले १ करोड ६८ लाख,प्रभुले १ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्