सिद्धार्थ इन्स्योरेन्सको नाफा साढे १४ करोड बढी: बीमा कोष पनि १७%ले बढ्यो, अन्य सूचक पनि सकारात्मक « Arthapath.com
२३ माघ २०७९, सोमबार

सिद्धार्थ इन्स्योरेन्सको नाफा साढे १४ करोड बढी: बीमा कोष पनि १७%ले बढ्यो, अन्य सूचक पनि सकारात्मक



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ६ महिनामा साढे १४ करोड बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक २०७९/८० को पुस मसान्तसम्ममा १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीको नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ४.४० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा १४ करोड ११ लाख ५४ हजार रुपैयाँ नाफा गरेको थियो ।

समिक्षा अवधिमा वित्तीय परिसुचकहरु सकारात्मक एवम् प्रगतिउन्मुख रहेको कम्पनीले जनाएको छ । कम्पनीले थप पुँजी वृद्धि गदैृ आर्थिक तथा प्राविधक रुपमा अझै सशक्त भई थप गुणस्तरीय बीमा सेवा प्रदान गर्न प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।

चालु आवको ६ महिनामा कम्पनीले १ अर्ब ४० करोड १६ लाख १० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। सो अवधिमा कम्पनीले ७३ हजार ७६० बीमालेख जारी गरेको थियो ।

नविकरण गरिएको बीमालेखको संख्या भने ३१ हजार ३३१ रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड ३९ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने २८ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

सो अवधिमा कम्पनीको बीमा कोषको आकार १७.०२ प्रतिशतले बढेर १ अर्ब २५ करोड ७९ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । महाविपत्ति जगेडामा भने कम्पनीले १० करोड १९ लाख ३३ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशन मार्फत १४ करोड ८८ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ ।सो अवधिमा कम्पनीले कुल ५९ करोड ९३ लाख ८३ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको दावी भुक्तानी संख्या भने ७ हजार १०३ रहेको छ । चालु आवको ६ महिनामा भुक्तानी हुन् बाँकी दावी रकम भने १ अर्ब ३७ करोड ११ लाख १५ हजार रुपैयाँ देखिएको छ । सो अवधिमा कम्पनीले दावी भुक्तानी गर्न बाँकी दावी संख्या ९ हजार ७३ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९९ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९१ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्