बीमा शुल्क आर्जन र दावी भुक्तानीमा हिमालयन रिइन्स्योरेन्सको उल्लेख्य सुधार, कस्तो छ वित्तीय अवस्था ? « Arthapath.com
६ चैत्र २०७९, सोमबार

बीमा शुल्क आर्जन र दावी भुक्तानीमा हिमालयन रिइन्स्योरेन्सको उल्लेख्य सुधार, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।

कम्पनीले ४ करोड ६३ लाख ८१ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ६२.८३ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ नाफा कमाए थियो ।

सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम पनि उल्लेख सुधार भएको छ । कम्पनीले चालु आवको ६ महिनामा २ अर्ब ३६ करोड ३३ लाख ५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । तर, गत वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ९९ लाख ७५ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको कुल बीमा शुल्क आर्जन भने २ अर्ब ४८ करोड ८९ लाख २१ हजार रुपैयाँ रहेको छ ।

सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशन खर्च बापत ६० करोड ८० लाख ७१ हजार रुपैयाँ खर्चिएको हो । कम्पनीको दावी भुक्तानी भने भने उल्लेख्य सुधार गरेको छ । कम्पनीको कुल दावी भुक्तानी रकम १४ करोड १७ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम भने ४२ करोड ४१ लाख ६९ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १७ करोड ७७ लाख ६८ हजार, बीमा कोषमा १३ करोड ६९ लाख ७८ हजार र महाविपत्ति कोषमा १ करोड ५० लाख ५९ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्