यूनाइटेड अजोड इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले नयाँ लोगो सार्वजनिक गरेको छ ।
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुदैंछ। युनाईटेड र अजोड इन्स्योरेन्स बीच १०० बराबरको ८२।५ को स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् ।
मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा भने अजोड इन्स्योरेन्सको तर्फबाट हुने सहमति भएको छ । नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भने श्रवण रावल बन्ने भएका छन् ।